Sagun Khabar
महाकाली नदीमा हाम फालेर दार्चुलाकी एक किशोरी बेपत्ता 

दार्चुला –महाकाली नदीमा हाम फालेर दार्चुलाकी एक किशोरी बेपत्ता भएकी छन् । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया ममता टमटाले महाकाली नदीमा हामफालेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नगरपालिका –४ रिङ्नेतालबाट किशोरीले बिहीबार दिउँसो ४ बजेतिर महाकालीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।  

Atrya hospital

आफ्नी आमासंगै गाउँबाट सदरमुकाम आएकी किशोरीले एक्कासी महाकालीमा हाम फालेको बताइएको छ । घरमा बुवा र दाई गुमाएकी किशोरीले नदीमा एक्कासि किन हामफालिन् भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ । उनकी आमाले रोक्दा रोक्दै महाकाली नदीमा ममताले हामफालेको प्रहरीले जनाएको छ ।

बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक सिंहले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update