Sagun Khabar
बैतडीमा भारी बर्षा, बाढी र पहिरोको जोखिम 
Atrya hospital

बैतडी–बैतडीमा गएराति भारी बर्षा भएको छ । पछिल्लो १२ घण्टामा बैतडीको पाटन नगरपालिका १० स्थित सिद्धपुर बर्षामापन केन्द्र डैंसिलीमा १०८ मिलिमिटर बर्षा मापन गरिएको छ । 

डैंसिली बर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी बर्षा भएको र थप बर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

बर्षाका कारण बैतडीका स–साना नदी तथा खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने र भिरालो जमीन भएकाले पहिरो खस्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update