Sagun Khabar
बैतडीको पाटन–१ का ६ पसलमा चोरी 

बैतडी–बैतडीको पाटन नगरपालिका १ को डङसिली र सकार गाउँका छ ओटा पसलमा चोरी भएको छ । बुधबार राति ती पसलहरुमा ताला फोडेर चोरी भएको पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । 

डङसिलीका स्थानीय रघुबीरसिंह बोहरा, शेरसिंह बोहरा, देवदत्त भट्टराई, वासुदेव भट्टराई र दुर्गा भट्टराईको पसलमा चोरी भएको वडा अध्यक्ष ठगुन्नाले बताए । यस्तै वडा नं १ को सकारका ओमप्रकाश भट्टराईको पसलमा समेत चोरी भएको वडा अध्यक्ष ठगुन्नाले बताए । 

Atrya hospital

ती पसलहरुबाट चोरले नगदका साथै सामग्री समेत लगेर गएका छन् । पसलहरुबाट कति रुपैयाँ बराबरको चोरी र कति नगद चोरेर लगेका छन् भन्ने कुरा एकीन भएको छैन् । 

एकैरातमा गाउँका ६ ओटा पसलमा चोरी भएको बिषयमा अनुसन्धानका लागि अस्थायी प्रहरी पोष्ट बयलचौराबाट प्रहरी खटिएको वडा अध्यक्ष ठगुन्नाले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update