Sagun Khabar
बझाङमा पहिरोले टहरो बगाउँदा सेती नदीमा खसेका एक जनाको उद्धार

बझाङ –बझाङमा पहिरोले टहरा बगाउँदा सेती नदीमा खसेका एकजनाको उद्धार गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नं १ परिङगालका ३८ बर्षीय करन गिरीको उद्धार गरिएको हो । 

भूकम्प प्रभावित गिरीले बनाएको टहरो बुधबार राति एकबजेतिर आएको पहिरोले बगाएको थियो । पहिरोले टहरो बगाउँदा टहरोसँगै सेती नदीमा खसेका गिरीको स्थानीय र प्रहरीले राति नै उद्धार गरेको बताइएको छ । 

Atrya hospital

घाइते गिरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गत वर्ष असोजमा आएको भूकम्पले घर चर्किएपछि उनको ६ जनाको परिवार अस्थायी टहरोमा बस्दै आएको थियो । पहिरो जाँदा गिरीकी श्रीमती र चार छोराछोरी छिमेकीको घरमा सुतेका थिए ।

पहिरोले गिरीको टहरामा रहेको अन्नपात, लुगा कपडा, छोराछोरीका कापीकिताबलगायत सबै सामान बगाएको स्थानीय लक्ष्मण गिरीले बताए । सेती नदीको किनारबाट पहिरो सुरु भएपछि नजिकै रहेका अरु पाँच वटा घर पनि जोखिममा परेको उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update