Sagun Khabar
सुदूरपश्चिममा विपदका घटनाबाट १६ जनाको मृत्यु 

बैतडी–सुदूरपश्चिममा बाढी पहिरो लगायतका प्राकृतिक विपदबाट १६ जनाको मृत्यु भएको छ ।

गएको जेठ २८ देखि भदौ ११ गते विपदका घटनाबाट प्रदेशभरी १६ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तीबाट नागरिकको ज्यान गएको हो । 

Atrya hospital

उक्त अवधीमा विपदका घटनाबाट ३६ जना घाइते भएका प्रहरीले जनाएको छ । सो अवधीमा १ सय १ जनाको उद्धार गरिएको उल्लेख गरिएको छ । 

बाढी पहिरोमा परी एकजना बेपत्ता रहेका र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update