Sagun Khabar
गोकुलेश्वर कृषि क्याम्पसको दरबन्दी स्वीकृत गर्न सुदूरपश्चिम विश्वविद्यालयको सिनेटले दियो सैद्धान्तिक सहमति 

बैतडी–सुदूरपश्चिम विश्वविद्यालयको सिनेटले बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजको दरबन्दी स्वीकृतका लागि सैद्धान्तिक सहमति दिएको छ । 

सोमबार विश्वविद्यालयको सिनेटबाट बैतडीस्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज र कञ्चनपुरस्थित महाकाली बहुमुखी क्याम्पसका लागि दरबन्दी स्वीकृत गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जानकारी दिए । 

Atrya hospital

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनका लागि एक चरण पार भएको नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशीले बताए । 

सिनेटबाट पारित भएको निर्णय विश्वविद्यालय अनुदान आयोगमा जानेछ । त्यसपछि शिक्षा मन्त्रालय हुँदै अर्थमन्त्रालयबाट दरबन्दी स्वीकृत हुने प्रावधान रही आएको छ । 

अर्थमन्त्रालयबाट दरबन्दी स्वीकृत भएपछि कलेजलाई आंगिक बनाउने प्रक्रिया अघि बढ्ने रजिष्ट्रार पाठकले बताए । 

अहिले उक्त क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर सञ्चालनमा रहेको छ । क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बनाउन दरबन्दी अर्थमन्त्रालयबाट स्वीकृत भएपछि काम अघि बढ्ने बताइएको छ । 

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई सुदूरपश्चिम विश्वविद्यालयले २०७८ सालमा आंगिक बनाउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि विश्वविद्यालयले पहल गरिरहेको रजिष्ट्रार पाठकले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update