Sagun Khabar
साफ च्याम्पियनशिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश 

काठमाण्डौ–भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । 

लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका दुई जना खेलाडीको पेनाल्टी बचाए । यस्तै नेपालका राम थापा, अबिनाश स्याङ्गतान, सिमान्त थापा र जियारथ शेखले गोल गरे ।

Atrya hospital

यसअघि खेलको ५६ औं मिनेटमा भुटानका जितसुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ७८ औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदो बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update