Sagun Khabar
बैतडीका रामदत्त भट्टको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल 

बैतडी –बैतडीको मेलौली नगरपालिका २ रौतगाउँ घर भएका रामदत्त भट्टको उपचारमा आर्थिक अभाव भएको छ । 

गत वैशाखमा हर्नियाको अप्रेशन गरेका भट्टको साउनको महिना पिसाब नलीको पत्थरीको अप्रेशन गरिएको थियो । पत्थरीको अप्रेशनपछि भट्टलाई एक्कासी उच्च ज्वरो आएपछि धनगढीमा आइसियुमा राखेर उपचार गरिएको थियो । 

Atrya hospital

धनगढीमा भट्टको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अहिले बीर अस्पताल काठमाण्डौंमा उनको उपचार भइरहेको छ । भट्टको मृगौलामा समस्या आएको उपचारमा संलग्न चिकित्सकले बताएका उनका भतिजा नारदप्रसाद भट्टले बताए । 

आर्थिक अवस्था कमजोर भएका भट्टको घरबाट उपचार गर्न नसकिने अवस्था भएपछि सहयोग अभियान सञ्चालन गरिएको भट्टले बताए । अहिलेसम्म ऋण काढेर उपचार भइरहेकोमा ऋण समेत नपाउने स्थिती भएपछि सहयोग अभियान सञ्चालन गरिएको भट्टले बताए । 

रामदत्त भट्टको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले दिजराज भट्टको कुमारी बैंकमा रहेको खाता नम्बर २१५०१७८९७५२००००१ र मोबाइल नम्बर ९८६८८७७८०३ मा रकम जमा गर्न सक्नेछन् । 

यस्तै भारतबाट सहयोग गर्न चाहने महानुभावहरुले थानेश्वर भट्टको नाममा रहेको खाता नम्बर ७६२२२७६४०६ मा रकम जमा गर्न सक्नेछन् । 

मनकारीहरुको सानो सहयोगले भट्टको जीवन रक्षामा सहयोग पुग्ने भएकाले सबैसंग सहयोगका लागि अपिल गरिएको बताइएको छ । पैसाको अभावमा भट्टको मृगौलाको अप्रेशन रोकिएको उनका आफन्तले जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update