Sagun Khabar
लागूऔषध र नगदसहित दार्चुलामा दुई जना पक्राउ 
Atrya hospital

दार्चुला –दार्चुलाबाट लागूऔषध र नगद सहित २ जना पक्राउ परेका छन् । 

जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार चौलानी पुल नजिक बैतडीबाट दार्चुलाको गोकुलेश्वरतर्फ आइरहेको मोटरसाइकलाइ चेकजाँच गर्दा मोटरसाइकलमा सवार २० वर्षीय सुरज महरा र १७ बर्षीय किशोरलाइ इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनाको साथबाट १ ग्राम लागूऔषधसहित नगद ३८ हजार ५६५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update