Sagun Khabar
दार्चुलाका एकजना चरेशसहित बैतडीमा पक्राउ 

बैतडी–दार्चुला घर भएका एकजना चरेशसहित बैतडीमा पक्राउ परेका छन् । 

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ का ४६ बर्षीय दानसिंह धामीलाई बैतडी प्रहरीले शुक्रबार साँझ चरेशसहित पक्राउ गरेको हो । 

Atrya hospital

बैतडीको डिलाशैनी गाउँपालिका २ गण्न्नामा धामीलाई ७ सय ५० ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

गण्न्नाबाट गोकुलेश्वरतर्फ आइरहेका धामीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका धामीमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनीमाथि लागू औषध मुद्दामा अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update