Sagun Khabar
पाटन–३ मा गौराको समयमा मदिराको कारोबार गर्न नपाइने 

बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं ३ को क्षेत्रभित्र मदिराको कारोबार गर्न नपाइने भएको छ । गौरा पर्वको अवधीभर वडाको क्षेत्रभित्र मदिरा किनबेच र सेवन गर्न नपाइने वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

गौरा पर्वको अवसरमा वडाका विभिन्न स्थानमा लाग्ने मेलालाई मध्यनजर गरेर वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष करुणाकर भट्टले बताए । 

Atrya hospital

कसैले मदिरा सेवन गरेमा, किनबेच गरेमा र मदिरा सेवन गरी होहल्ला गरेमा कानुन बमोजीम कारवाही हुने वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

यस्तै वडा क्षेत्रभित्र जुवातास खेल्ने र खेलाउनेलाई समेत कारवाही हुने वडा कार्यालयले जनाएको छ ।

मदिरा र जुवातासका कारण झै–झगडा हुने, समाजमा अशान्ति हुने र मेलापर्वमा असर पर्ने भएकाले यस्ता कार्यमा रोक लगाइएको वडा अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update