Sagun Khabar
लडेर घाइते भएका बैतडीका रमेशको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल 

बैतडी–रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीमा रमेशसिंह कुँवरको उपचारमा आर्थिक अभाव भएको छ । 

दिल्लीमै काम गर्ने क्रममा घरको छतबाट लडेर रमेशका हातखुट्टा भाँचिएका स्थानीय प्रेम कार्कीले जानकारी दिए । 

Atrya hospital

भदौ ३ गते घरको छतबाट लडेर घाइते भएका कुँवरको नयाँदिल्लीस्थित नोयडा शारदा अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै खुट्टा र एक हात भाँचिएको छ भने कम्मरको हड्डीसमेत फ्याक्चर भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

कुँवर उपचारका लागि आर्थिक अभाव भएपछि सबैलाई सहयोग गरिदिन आग्रह गरिएको उनका भाई गोपालबहादुर कँवरले बताए । घरको स्थिति नाजुक भएका कारणले उपचारमा थप समस्या भएको गोपालको भनाई छ । 
 

सहयोगका लागि नेपाली खाता- Hemanti kunwar Everest bank ltd Kanchanpur Ac: no- 05900501202594 भारत का लागि – फोन पे नम्बर : 8700198717 Ramesh singh

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update