Sagun Khabar
बझाङमा लागूऔषधसहित जिप साहु र चालक पक्राउ 

बझाङ –बझाङमा लागूऔषधसहित जिप साहु र चालक पक्राउ परेका छन् । 

जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको बित्थडचीर गाउँपालिका–३ दुधढल्लाबाट बुंगल नगरपालिका २ दहबगरका २९ बर्षीय जिप चालक दिपक धामी र जिप साहु आइते धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Atrya hospital

धनगढी जाँदै गरेको सु.प.प्र. ०१००१ च ३९३३ नम्बरको जिपलाई प्रहरी चौकी स्याडीको इन्ट्री पोष्टमा चेकजाँच गर्दा जिपको पछाडी राखेको पँहेलो मकैको कट्टाभित्र बाहिर सेतो प्लाष्टिक र भित्र कालो प्लाष्टिकमा ९ वटा पोका लागुऔषध लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update