Sagun Khabar
बैतडीबाट पाँच जना जुवाडे पक्राउ 

बैतडी–बैतडीबाट ५ जना जुवाडे पक्राउ परेका छन् । 

जिल्लाको पाटन नगरपालिका–४ मोहनपुरमा ४२ वर्षीय गणेशसिंह बिष्टले सञ्चालन गरेको अन्नपूर्ण होटेलबाट होटल साहु बिष्टसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

Atrya hospital

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

पक्राउ पर्नेमा पाटन नगरपालिका ४ का होटल सञ्चालक ४२ बर्षिया गणेश सिंह बिष्ट, सोही ठाउँका  मदनसिंह महरा, सुरेश महरा, जगदिश महरा र मदनसिंह रहेका छन् । 

पाँचै जनालाई नगद ६२ हजार ७७० रुपैयाँ र १ गड्डी ताससहित नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनीहरुलाई बिहीबार बेलुका ६ बजेतिर नियन्त्रणमा लिइएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update