Sagun Khabar
दार्चुलाबाट भन्सार छलीका सामग्री बरामद 
Atrya hospital

दार्चुला –दार्चुलाबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याएका करीब १३ हजार ७ सय मूल्य बराबरको चिनी, चामल र पास्ता लगायतका सामग्री बरामद गरिएको हो । 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामग्रीहरु वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update