Sagun Khabar
बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते 

बैतडी –बैतडीमा बिहीबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

जिल्लाको दोगडाकेदार गाउँपालिका २ कफलकोटमा सु.प.प्र.०२–००१ क ०७३४ नम्बरको मिनि ट्रक आज साँझ ७ बजेतिर दुर्घटना हुँदा ट्रक साहु सुर्नया गाउँपालिका ६ घर भई हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ बस्दै आएका ३० बर्षीय जगदीश अवस्थीको घटनास्थलमै मृत्यु भएको हो । 

Atrya hospital

सिल्लेगडा–कटौजपानी कच्ची सडकमा भएको दुर्घटनामा सुर्नया गाउँपालिका ६ मूलखटाली घर भएका चालक ३८ बर्षीय अम्मर अवस्थी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ घर भएका राजेन्द्र राना घाइते भएका छन् । 

घाइते मध्ये चालक अवस्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

ट्रक सडकबाट ५० मिटर तल खसेको बताइएको छ । छड र सिमेन्ट बोकेर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update