Sagun Khabar
खोड्पे लिफ्ट खानेपानी मर्मतको माग, मुख्यमन्त्रीलाई ज्ञापन पत्र 

बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं ८ स्थित खोड्पे लिफ्ट खानेपानी योजना मर्मतको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाइएको छ । 

सिद्धेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मोहनसिंह बिष्टद्वारा हस्ताक्षरित ज्ञापन पत्र मुख्यमन्त्री शाहलाई बुझाइएको हो । 

Atrya hospital

बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, खानेपानी उपभोक्ता समतिकिा सचिव दिवानसिंह बिष्ट, खोडपे बजारका व्यावसायी एवं ज्ञानेश्वर नमुना माविका शिक्षक कृष्णसिंह बिष्ट र खोड्पे बजार व्यवस्थापन समितिका निवर्तमान कोषाध्यक्ष बिरबहादुर महरासहितको टोलीले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले खोड्पे लिफ्ट खानेपानी योजना मर्मतका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिएको बजार व्यवस्थापन समितिका निवर्तमान कोषाध्यक्ष बिरबहादुर महराले जानकारी दिए ।  
यसअघि पनि मुख्यमन्त्री शाहलाई खानेपानी योजना मर्मतको माग गर्दै ज्ञापन पत्र पेश गरिएको थियो ।  

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update