Sagun Khabar
बैतडीमा सर्पको टोकाइबाट एकै दिन तीन जना घाइते 

बैतडी–बैतडीमा सर्पको टोकाइबाट तीन जना घाइते भएका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानमा सर्पको टोकाइबाट तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक जना सर्पको टोकाइबाट घाइते भएका हुन् । 

Atrya hospital

बुधबार जिल्लाको दशरथचन्द नगरपालिका २ मगराउँकी ३५ बर्षीया भावना बोहरा, मेलौली नगरपालिका ३ बागगोठका १८ बर्षीय धिरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका ४ विनायककी ३० बर्षीया धौली चन्द सर्पको टोकाइबाट घाइते भएका हुन् । 

बोहरालाइ घर नजिकैको मकैबारीमा घाँस काटीरहेका बेला सर्पले टोकेको थियो । उनी  जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् । 

यस्तै मेलौली नगरपालिका ३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडीरहेका बेला बुधबार दिउँसो सर्पले टोकेको थियो । 

यस्तै पञ्चेश्वर गाउँपालिका ४ विनायककी चन्दलाई बुधबार दिउँसो खेतबारीमा घाँस काटीरहेका बेला सर्पले टोकेको थियो । 

ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update