Sagun Khabar
बैतडी अस्पतालमा बिशेषज्ञ डाक्टरले सेवा दिने 

बैतडी–जिल्ला अस्पताल बैतडीमा बिशेषज्ञ डाक्टर आउने भएका छन् । डडेल्धुरा अस्पतालबाट शुक्रबार सर्जरी बिशेषज्ञ डाक्टर आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले जानकारी दिए । 

अस्पतालमा बिशेषज्ञ डाक्टरले भोलि सेवा दिने भएकाले हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, पत्थरी, दीर्घकालिन घाउ भएका बिरामीहरुलाई सेवा लिन आग्रह गरिएको छ । 

Atrya hospital

अप्रेशन गर्नुपर्ने बिरामीहरुको समेत उपचार हुने भएकाले समस्या भएका बिरामीहरुलाई जिल्ला अस्पतालमा आएर सेवा लिन आग्रह गरिएको डा. विकले बताए । स्थानीयस्तरमै बिशेषज्ञ डाक्टरबाट सेवा दिने उद्देश्यले डडेल्धुरा अस्पतालबाट बिशेषज्ञ आउन लागेका उनले बताए । 

यसअघि जिल्ला अस्पतालमा यसै हप्तादेखि दन्त सेवा समेत पूर्ण रुपमा सञ्चालनमा आएको छ । बिडीएस डाक्टरको अभावमा केही दिन रोकिएको दन्त सेवा बिडीएस डाक्टरको पदपूर्ती भएपछि सुचारु भएको अस्पतालका प्रमुख डा. विकले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update