Sagun Khabar
बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते 
Atrya hospital

बैतडी–बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका २ मगराउँकी ३५ बर्षीया भावना बोहरा सर्पको टोकाइबाट घाइते भएकी हुन् । 

बुधबार दिउँसो घर नजिकैको मकैबारीमा घाँस काटीरहेका बेला बोहरालाई सर्पले टोकेको थियो । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update