Sagun Khabar
कांग्रेस बैतडीको परामर्श बैठक सम्पन्न

बैतडी –नेपाली कांग्रेस बैतडीको परामर्श बैठक सम्पन्न भएको छ । बुधबार पार्टी कार्यालय गोठलापानीमा बैठक सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए । 

नेपाली कांग्रेस बैतडीभित्र देखिएको पछिल्ला विवादहरु समाधान गर्ने र आगामी कार्यदिशा तय गर्नका लागि परामर्श बैठकको आयोजना गरिएको सचिव जोशीले बताए । 

Atrya hospital

परामर्श बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएको धारणा राखेका छन् । पार्टीभित्र देखिएका मनमुटावहरुलाई छलफलका माध्यबाट समाधान खोज्नुपर्ने महाधिवेशन प्रतिनिधि कर्णसिंह साउँदले बताए । शिवनाथ गाउँपालिकाका अध्यक्ष समेत रहेका साउँदले पार्टीले बलियो बनाउन सबै नेता, कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले बताए । 

पार्टीभित्र देखिएका सामान्य विवादहरुलाई छलफल र सम्वादका माध्यमबाट हल गरेर अघि बढ्नुपर्ने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । 

नेपाली कांग्रेस बैतडीलाई विवादित बनाउन केही तत्वहरु सक्रिय रहेकाले सजकताका साथ अघि बढ्नुपर्नेमा कांग्रेसका सुदूरपश्चिम प्रदेश समिति सदस्य तेजबहादुर चन्दले बताए । 

परामर्श बैठकमा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले हरेक कामहरु विधान अनुसार अगाडि बढाएको बताए । बिना कारण पार्टीभित्र विवाद गर्नुको अर्थ नरहेको बताउँदै सभापति चन्दले कुनै कुरा असहमति भए छलफलका माध्यमबाट समाधान गर्न तयार रहेको बताए । 

परामर्श बैठकपछि आज जिल्ला कार्यसमितिको बैठक बस्ने सचिव जोशीले बताए । 

नेपाली कांग्रेस बैतडीभित्र पछिल्लो समयमा सम्पर्क समिति, भातृ संस्थाका समितिहरुमा विवाद रहँदै आएको छ । सम्पर्क समिति र भातृ संस्थाका समानान्तर समिति समेत गठन भएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update