Sagun Khabar
बैतडीको ठाँड बजारमा अनुगमन, २६ हजार बराबरको म्याद नाघेको सामग्री बरामद 

बैतडी–बैतडीको पाटन नगरपालिका–४ स्थित ठाँड बजारमा अनुगमन गर्दा २६ हजार बराबरको म्याद नाघेको सामग्री बरामद गरिएको छ । पाटन नगरपालिकाले ठाँड बजारमा बुधबार अनुगमन गर्दा २६ हजार २०२ रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं नगर उपप्रमुख कमलसिंह बोहराले बताए । 

ठाँड बजारका २५ ओटा पसलमा अनुगमन गर्दा १५ ओटा पसलमा म्याद नाघेका अखाद्य सामग्री भेटिएका उनले बताए । 

Atrya hospital

इलाका प्रहरी कार्यालय पाटन समेतको सहभागितामा गरिएको बजार अनुगमनमा व्यापारीहरुलाई म्याद नाघेका सामग्री विक्रि वितरण नगर्न आग्रह गरिएको उपप्रमुख बोहराले बताए । पसलहरुबाट बरामद गरिएका अखाद्य सामग्री आजै नष्ट गरिएको उनले बताए । 

चाडपर्वलाई लक्षित गरेर पाटन नगरपालिकाले बजार अनुगमनमा तीव्रता दिएको छ । म्याद नाघेका सामग्रीहरुको विक्रिवितरणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले त्यस्तो कार्य नगर्न व्यापारीहरुलाई आग्रह गरिएको उपप्रमुख बोहराले बताए । 

यसअघि हिजो पाटन बजारमा अनुगमन गर्दा एकै दिन ४८ हजार २८१ मूल्य बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update