Sagun Khabar
दार्चुलामा जिप दुर्घटना, दुई जना घाइते 
Atrya hospital

दार्चुला –दार्चुलामा बोलेर जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।जिल्ला सदरमुकामबाट धौकोटतर्फ गइरहेको म १ ज २३९ नम्बरको जिप बुधबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशव शर्माले बताए । 

दुर्घटनामा परी महाकाली नगरपालिका ८ धौकोटकी ६८ बर्षीष कुडादेवी रैखोला र सोही ठाउँका कम्मानसिंह भाट घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरी नायब निरीक्षक शर्माले बताए । 

जिपमा ६ जना सवार रहेका बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update