Sagun Khabar
बैतडीको सुर्नया घर भएका पूर्व हवल्दार बिष्टको निधन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका घर भएका नेपाल प्रहरीका एकजना पूर्व हवल्दारको निधन भएको छ । 

सुर्नया गाउँपालिका वडा नं ५ धुलिधारका ४६ बर्षीय रघुबीर बिष्टको मंगलबार घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

Atrya hospital

नेपाल प्रहरीका अवकाशप्राप्त हवल्दार बिष्ट लामो समयदेखि बिरामी रहेका थिए । मृतक बिष्टका घरमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । 

बिष्टको मंगलबार नै चनैराज आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । नेपाल प्रहरीले बिष्टको निधनमा शोक सलामी अर्पण गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update