Sagun Khabar
बैतडीमा बिषादी सेवनबाट एक महिलाको मृत्यु 
Atrya hospital

बैतडी–बैतडीमा बिषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको मेलौली नगरपालिका ३ की २७ बर्षीया गोमती चन्दको बिषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

मंगलबार दिउँसो घरमै सल्फास नामक बिषादी सेवन गरेकी चन्दलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पुर्याएपनि उनको मंगलबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update