Sagun Khabar
कुटपीट मुद्दामा फरार बैतडीका एक जना पक्राउ 

बैतडी –कुटपीट मुद्दामा फरार रहेका बैतडीका एक जना पक्राउ परेका छन् । कुटपीट मुद्दामा दोषी ठहर भई फरार रहेका मेलौली नगरपालिका–१ का ४३ वर्षीय जनार्दन नेगीलाई मंगलबार पक्राउ गरिएको हो । 

नेगीलाई बैतडी जिल्ला अदालतको २०८० श्रावण २८ गतेको फैसलाले कुटपीट मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरीवाना तोकिएपछि उनी फरार रहेका थिए । 

Atrya hospital

नेगीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

पक्राउ परेका नेगीलाई मंगलबार अदालत पेश गरेकोमा हिजो नै कारागार चलान गरिसकिएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update