Sagun Khabar
दार्चुलाबाट भन्सार छलीका कपडा बरामद
Atrya hospital

 दार्चुला –दार्चुलाबाट भन्सार छलीका कपडा बरामद गरिएको छ ।

जिल्लाको महाकाली नगरपालिका–८ जामिरपानीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार ४ सय मूल्य बराबरको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । 

सुटपिस, कुर्ती, मेक्सी लगायतका कपडा प्रहरी चौकी धापबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update