Sagun Khabar
बैतडीमा एक बर्षको अवधीमा तीनहजार बढी घरधुरीमा विद्युत विस्तार 

बैतडी–बैतडीमा गत आर्थिक बर्ष २०८०÷८१ मा तीन हजार बढी घरधुरीमा विद्युत विस्तार भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ३ हजार ४सय ७० घरधुरीमा गत आर्थिक बर्षमा विद्युत विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

यो संगै बैतडीका २४ हजार ५६५ घरधुरीमा विद्युत विस्तार भइसकेको छ । गत आर्थिक बर्षमा जिल्लाका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका विभिन्न वडाहरुमा विद्युत विस्तार गरिएको वितरण केन्द्र प्रमुख पौडेलले बताए । 

Atrya hospital

२०७८ सालको जनगणना अनुसार बैतडीमा ४९ हजार ४२८ घरधुरी रहेका छन् । विद्युतको केन्द्रीय प्रशारण २४ हजार ५६५ घरधुरीमा पुगेको र २ हजार बढी घरधुरीमा लघुजलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत प्रवाह भइरहेको पौडेलले बताए । 

बैतडीमा अझै २४ हजार ८६३ घरधुरीमा विद्युतको केन्द्रीय प्रशारण पुग्न बाँकी रहेको छ । चालु आर्थिक बर्षमा जिल्लाका धेरै जसो ठाउँमा विद्युत विस्तार गरिने पौडेलले बताए । 

चालु आर्थिक बर्षमा बैतडीका ८० प्रतिशत घरधुरीमा विद्युत विस्तार गर्ने लक्ष्य रहेको बैतडी वितरण केन्द्र प्रमुख पौडेलले बताए । विद्युतको पहुँचबाहिर रहेका घरधुरीमा विद्युत विस्तारका लागि ठेक्का भइसकेकाले ठेक्काका कामहरु समयमै सकाउने अभियानमा आफू लाग्ने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update