Sagun Khabar
महाकाली लोकमार्ग एकतर्फी रुपमा सुचारु   
Atrya hospital

दार्चुला– लगातारको बर्षाका कारण सडक भासिएपछि अवरुद्ध भएको महाकाली लोकमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । 

उक्त लोकमार्गको गोकुलेश्वर–खलंगा सडकखण्ड अन्तर्गत मालिकार्जुनको धामीगडामा सडक भासिएपछि आइतबार रातिदेखि सडक अवरुद्ध भएको थियो । सडक भासिएको ठाउँमा आज दिउँसोदेखि एकतर्फी रुपमा सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

धामीगडामा जोखिम भने कायमै रहेको छ । तत्कालका लागि अस्थायी रुपमा एकतर्फी सडक सुचारु गरिएपनि बढी बर्षा भएमा फेरि समस्या आउन सक्ने प्रहरी निरीक्षक सिंहले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update