Sagun Khabar
सुर्नया गाउँपालिका वडा नं ६ को कार्यालय भवन पहिरोको जोखिममा 
Atrya hospital

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं –६ को कार्यालय भवन पहिरोको जोखिममा परेको छ । सुर्नया गाउँपालिका वडा नं ६ मूलखटालीस्थित सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको छ । उक्त भवन पहिरोको जोखिममा परेको कार्यवाहक वडा अध्यक्ष लोकेन्द्रबहादुर कुँवरले बताए । 

वडा कार्यालय रहेको भवनको माथि र तल दुवैतर्फको पर्खाल भत्किएपछि भवन पहिरोको जोखिममा परेको कार्यवाहक वडा अध्यक्ष कुँवरले बताए । आइतबार रातिको बर्षाले भवनमाथिको मेसिनरी पर्खाल भत्किएको उनले बताए । 

भवनको माथिबाट पर्खाल भत्किएर भवनको भित्तालाई छोइसकेको छ । बर्षा बढ्दै गएमा माथिबाट पहिरो खसेर भवनलाई क्षति पुर्याउने सम्भावना रहेको कार्यवाहक वडा अध्यक्ष कुँवरले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update