Sagun Khabar
बैतडीमा समयमै विद्युत महसुल नतिर्ने ६ सय ९२ ग्राहकको लाइन काटियो 

बैतडी–नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले गत बर्ष समयमै विद्युत महसुल नबुझाउने ६ सय ९२ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

६ सय ९२ ग्राहकको लाइन काटेर ५६ लाख ३४ हजार ५८३ रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए । ९३ ओटा सरकारी कार्यालय, ३ ओटा पार्टी कार्यालय र अन्य ५ सय ९६ ग्राहकको लाइन काटिएको थियो । 

Atrya hospital

लाइन काटिएका मध्ये महसुल बुझाउने ४ सय ९९ ग्राहकको लाइन फेरि जोडिएको छ भने लाइन काटेर पनि महसुल नबुझाउनेहरुको लाइन जोड्न बाँकी रहेको उनले बताए । 

नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ भएको ६० दिनभित्र महसुल तिरिसक्नुपर्ने व्यवस्था गरेको छ । विद्युत महसुल समयमा बुझाउन समेत आफूहरुले ग्राहकहरुलाई आग्रह गर्ने गरेको प्रमुख पौडेलले बताए । 

बैतडीको जस्तो पहाडी जिल्लामा लामो समयदेखि संकलन हुन नसकेको विद्युत महसुल संकलनमा महत्वपूर्ण योगदान पुर्याएकाले कार्यालय प्रमुख पौडेल सम्मानित समेत भएका छन् । नेपाल विद्युत प्राधिकरणको ३९ औं बार्षिकोत्सवकको अवसरमा उनलाई नगदसहित उत्कृष्ट कार्य प्रशंसा पत्र प्रदान गरिएको हो । 

चालु आर्थिक बर्षमा पनि समयमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटेर महसुल असुल गरिने कार्यालय प्रमुख पौडेलले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update