Sagun Khabar
महाकाली लोकमार्ग अवरुद्ध, धामीगडामा सडक भासियो  

दार्चुला –लगातारको बर्षाका कारण सडक भासिएपछि महाकाली लोकमार्ग अवरुद्ध भएको छ । उक्त लोकमार्गको गोकुलेश्वर–खलंगा सडकखण्ड अन्तर्गत मालिकार्जुनको धामीगडामा सडक भासिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

धामीगडामा सडकतलतिर जमीन भासिएपछि सवारी साधन चलाउन नमिल्ने भएको उनले बताए । धामीगडामा सडक भासिएपछि कसरी सुचारु गर्ने भन्ने बिषयमा सम्बन्धित स्थानीय तह, सडक डिभिजन कार्यालय लगायतसंग छलफल भइरहेको प्रहरी निरीक्षक सिंहले बताए । 

Atrya hospital

यसअघि उक्त सडकको शैल्यशिखर नगरपालिका ९ कठपतेमा खसेको पहिरो भने पन्छ्याइसकिएको छ । पहिरो पन्छ्याइएपनि धामीगडामा सडक भासिएपछि सडक अवरुद्ध नै रहेको प्रहरी निरीक्षक सिंहले बताए । 

सडक भासिएपछि सबै गाडीहरु बीचबाटोमै रोकिएका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update