Sagun Khabar
बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु 
Atrya hospital

बझाङ – बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । ६ जनाले भागेर ज्यान बचाएका छन् ।

गएराति बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उनकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र तीन वर्षकी लक्ष्मीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक डिल्ली विष्टले जानकारी दिए ।

उनका अनुसार गएराति १ बजेतिर झरेको पहिरोले घर पुरेको हो । पहिरो घरमा खस्दा परिवारका नौ जना र एक जना पाहुना समेत १० जना रहेकामा ६ जनाले भागेर ज्यान बचाएका छन । शव प्रहरी र स्थानीयबासिन्दाको टोलीले निकालेको हो । पहिरोमा पाँच वटा बाख्रा पनि पुरिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update