Sagun Khabar
बैतडीमा अवैध दुई मोटरसाइकलसहित चारजना पक्राउ 

बैतडी–बैतडीमा अवैध दुई मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । बिशेष सूचनाका आधारमा जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ६का त्रिलोकसिंह धनाडीले चलाईराखेको सुपप्र ०१००८ प १३७४ नम्बर लेखेको मोटरसाइकल चेकजाँच गर्दा  कुनैपनि कागजपत्र नभेटिएको र भारतबाट अवैध रुपमा ल्याएर चलाएको पाइएपछि थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

शनिबार नियन्त्रणमा लिएका धनाडीलाई मोटरसाइकलसहित आइतबार भन्सार कार्यालयमा बुझाईएको हो । 

Atrya hospital

यस्तै पाटन नगरपालिका ६ का अशोक बिष्टको घर नजिक सडकबाट  प्रहरी टोलीले प्रदेश ३–०२–००९ प ०६०७ नम्बर लेखेको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

शनिबार बिष्टलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त मोटरसाइकल भारतबाट अवैध रुपमा ल्याएको पाइएको र कुनै कागजात समेत फेला नपरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । साथै उक्त मोटरसाइकल बेचबिखनमा संलग्न पाटन ७ का चम्मन भट्ट र वसन्त पाण्डेयलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई मोटरसाइकलसहित थप कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update