Sagun Khabar
सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका र बुढीनन्दामा आज मेला

बाजुरा –सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका र बुढीनन्दामा आज मेला लागेको छ । जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्पराअनुसार एकसाथ पूजा गर्ने परम्परा छ ।

बडीमालिका र बुढीनन्दालाई दिदीबहिनीका रुपमा श्रावण शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् श्रावण शुक्ल चतुर्दशीका दिन पूजासहित मेला लाग्ने गरेको छ । धार्मिक आस्था र विश्वासको आधारमा सबैको महिमा र विश्वास समान खालको भए पनि बडीमालिका र बुढीनन्दाको बढी चर्चा हुने गरेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए ।

Atrya hospital

बडीमालिकाको दर्शन गर्नका लागि कैलाली, डडेलधुरा, डोटी, दार्चुला,बैतडी, बझाङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोटलगायत भारतको गडवाल, सिक्किमका विभिन्न ठाउँबाट दर्शनार्थी पुग्ने गर्छन् ।

बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेला र पूजाका लागि तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने धार्मिक मान्यता अनुसार गएको बिहीवार बडीमालिका नगरपालिकाले औपचारिक रूपमा सरकारी टोली पठाएको थियो । नगरपालिकाले सरकारी टोली पठाउनुअघि बिगतमा डोटी र जुम्लाबाट पूजा सामानसहित सरकारी टोली बडीमालिका जाने गरेको थियो । बुढीनन्दा नगरपालिकाले पनि सरकारी टोलीलाई खटाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update