Sagun Khabar
प्राथमिक स्वास्थ्य केन्द्र पाटनलाई स्वास्थ्य उपकरण हस्तान्तरण 

बैतडी–बैतडीको पाटन नगरपालिका–६स्थित प्राथमिक स्वास्थ्य केन्द्र पाटनलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । नेपाल जर्मन फाउण्डेसनको सहयोगमा प्राप्त उपकरण प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो । 

प्राथमिक स्वास्थ्य केन्द्रले फाउण्डेसनमार्फत हेमोलोटोजी एनालाइजर,इलेक्ट्रोलाइट एनालाइजर र फाइन केयर थ्री प्लस मेसिन प्राप्त गरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले बताए । 

Atrya hospital

पाटन नगरपालिका ६ घर भई हाल जर्मनीमा बस्दै आएका पुष्पराज जोशीको पहलमा प्राथमिक स्वास्थ्य केन्द्र पाटनले ती उपकरणहरु प्राप्त गरेको केन्द्र प्रमुख भट्टले बताए । 

मेसिनहरु प्राप्त भएपछि थाइराइड चेकजाँच, मृगौलाको चेकजाँच र रगतको चेकजाँचमा सहज हुने केन्द्र प्रमुख भट्टले बताए । विभिन्न रोगहरुको चेकजाँचका लागि प्राप्त उपकरणहरुले सहयोग पुग्ने उनले बताए ।  

आइतबार प्राथमिक स्वास्थ्य केन्द्रमा पाटनमा आयोजित कार्यक्रममा पुष्पराज जोशीका भाइ महेन्द्र जोशीले उपकरणहरु हस्तान्तरण गरेका हुन् । ती उपकरणहरुको लागत झण्डै ५० लाख रहेको बताइएको छ । 

स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महरा, स्वास्थ्यकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update