Sagun Khabar
बैतडी अस्पतालमा दन्त सेवा पुनः सुचारु 
Atrya hospital

बैतडी–जिल्ला अस्पताल बैतडीमा केही दिनदेखि बन्द रहेको दन्त सेवा पुनः सुचारु भएको छ । जिल्ला अस्पतालमा कार्यरत बिडीएस डाक्टरको सरुवा भएपछि केही दिन दन्त सेवा अवरुद्ध भएकोमा आजदेखि पूर्ण रुपमा सुचारु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए । 

जिल्ला अस्पताल बैतडीमा बिडीएस चिकित्सकको रुपमा डा. दिपेन्द्रकुमार यादव हाजिर भएपछि दाँतसम्बन्धी सबै सेवाहरु सुचारु भएका उनले बताए । दाँतको सामान्य उपचार नियमित सञ्चालनमा रहेका भएपनि बिडीएस डाक्टरले गर्ने उपचार केही दिन बन्द रहेकोमा फेरि सुचारु भएको डा. विकले बताए । 

दाँत सम्बन्धी सम्पूर्ण उपचारहरु जिल्ला अस्पतालमा सुचारु भइसकेकाले अस्पतालमा आइ सेवा लिन समेत बिरामीहरुलाई आग्रह गरिएको छ । दाँतको जराको उपचार(आरसीटी) लगायतका सेवाहरु सुचारु भइसकेका डा. विकले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update