Sagun Khabar
पाटन क्रिकेट क्लबको अध्यक्षमा पुनः किरन चन्द 

बैतडी–बैतडीको पाटन क्रिकेट क्लबको अध्यक्षमा पुनः किरन चन्द चयन भएका छन् । शनिबार पाटन नगरपालिका– ६ मा भएको क्लबको साधारण सभाले पुनः चन्दलाई अध्यक्षमा चयन गरेको हो ।

सभाले अन्य पदाधिकारी तथा सदस्यहरुलाई समेत सर्वसम्मत चयन गरेको छ । क्लबको उपाध्यक्षमा अमर भट्ट, सचिव दिलेन्द्र ठगुन्ना, सह–सचिव भवन महरा चयन भएका छन् । कोषाध्यक्ष दिपक बिष्ट भने निर्वाचन प्रक्रियाबाट चयन भएका छन् । 

Atrya hospital

क्लबको सदस्यमा अनिल भट्टराई, निराजन पन्त, हिमालप्रसाद पन्त, हरिश चन्द, बसन्त पाण्डेय, पारस चन्द, कृष्ण बिष्ट र गणेश ओड चयन भएका नवगठित समितिका सचिव दिलेन्द्र ठगुन्नाले बताए ।

क्लबले पाटन प्रिमियर लिग (पीपीएल) आयोजना गर्दै आएको छ ।  चौथो संस्करणको प्रिमियर  लिग (पीपीएल)को समेत तयारी तीव्र रुपमा अगाडी बढाएको समितिका कोषाध्यक्ष दिपक बिष्टले बताए ।
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update