Sagun Khabar
विद्युत प्राधिकरण बैतडीका प्रमुख पौडेल सम्मानित 

बैतडी–नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेल सम्मानित भएका छन् । नेपाल विद्युत प्राधिकरणको ३९ औं बार्षिकोत्सवको अवसरमा पौडेलले नगद २५ हजारसहित उत्कृष्ट कार्य प्रशंसा पत्र प्राप्त गरेका छन् । 

विद्युत चुहावट नियन्त्रणमा राम्रो काम गरेको, महसुल संकलनमा वृद्धि गरेको, ग्राहकको संख्या वृद्धि गरेको र बक्यौता महसुल असुलमा प्रगति गरेको भन्दै पौडेल सम्मानित भएका हुन् । 

Atrya hospital

काठमाण्डौंमा शनिबार आयोजित कार्यक्रममा पौडेललाई उर्जा मन्त्री दिपक खड्काले नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरे । 

नेपाल विद्युत प्राधिकरणले बैतडीमा विद्युत चुहावट नियन्त्रणका लागि ६.५४ प्रतिशत लक्ष्य दिएकोमा २.४२ प्रतिशत प्राप्त भएको छ भने महसुल संकलनमा १०४.०१ प्रतिशत उपलब्धी हासिल भएको पौडेलले बताए । 

यस्तै लामो समयदेखि रोकिएका विद्युतका ठेक्काहरुको काम सुचारु गरि असार मसान्तभित्र विद्युतका ग्राहक २४ हजार ५६५ पुगेका उनले बताए । 

गत आर्थिक बर्षमा समयमा विद्युत महसुल नबुझाउने ६ सय ९२ जना ग्राहकको लाइन काटेर ५६ लाख ३४ हजार ५८३ रुपैयाँ बक्यौता असुल गरिएको पौडेलले बताए । 

प्राधिकरणले गरेको सम्मानले आफूलाई थप काम गर्ने हौसला प्राप्त भएको पौडेलले बताए । उनले भने ‘पहाडी जिल्ला बैतडीमा विद्युत सेवा प्रवाहलाई प्रभावकारी बनाउन हामी लागिपरेका छौं । यो सम्मानले मलाई कार्यक्षेत्रमा लाग्न थप प्रेरणा मिलेको छ ।’
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update