Sagun Khabar
पाँच किलो चरेशसहित कञ्चनपुरमा दुई जना पक्राउ 

कञ्चनपुर –५ किलो चरेशसहित कञ्चनपुरमा दुई जना पक्राउ परेका छन् । 

लागुऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले चरेस बरामद गरेको हो । 

Atrya hospital

शनिबार बिहान भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा नम्बर ६ सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनारलाई चरेशसहित पक्राउ गरिएको हो । उनीहरूको साथबाट २ थान  मोबाइल समेत बरामद गरिएको छ ।

दुवैजनालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update