Sagun Khabar
पाटनमा पशुचौपाया छाडा छोडे जरीवाना गरिने 

बैतडी–बैतडीको पाटन बजारमा छाडा पशुचौपाया छोडेको पाइएमा जरीवाना गरिने भएको छ । इलाका प्रहरी कार्यालय पाटनमा आज बसेको बजार व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

बजारमा छाडा पशुचौपाया छोडेमा पहिलो पटक ५ सय रुपैयाँ जरीवाना गर्र्ने निर्णय भएको पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले बताए । 

Atrya hospital

पाटन नगरपालिकाका जनप्रतिनिधि समेतको उपस्थितीमा बैठकले ५ ओटा निर्णय गरेको पाटन उद्योग वाणिज्य संघका सचिव शंकरदत्त भट्टले बताए ।

बजार क्षेत्रमा चरिचरन पूर्ण रुपमा बन्द गर्ने, बजारको सडक तथा सार्वजनिक स्थानमा फोहर नराख्ने, बजारको सडक क्षेत्रमा व्यापारी सामाग्री तथा तरकारी लगायतका सरसमान नराख्ने, बजार व्यवस्थापन समितिलाई मासिक एक पसलले एक सय दिने, होटलहरु राति १० बजे बन्द गर्नु पर्ने तथा मदिरा विक्रि वितरण राती ९ बजेम्म मात्र गर्नु पर्ने निर्णय भएको बजार व्यवस्थापन समिति अध्यक्ष भट्टले बताए ।

सडक अगाडि समाग्री राखेको पाइएमा नगरपालिकाले जुनसुकै समयमा उठाएर नष्ट गर्ने निर्णय भएको समेत जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update