Sagun Khabar
बैतडीको पञ्चेश्वरमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित 
फाइल फोटो

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित बनेका छन् । पञ्चेश्वर गाउँपालिका वडा नं ४ का विभिन्न स्थानमा दिउँसै चितुवा देखिएपछि स्थानीयबासीहरु त्रसित बनेका हुन् । 
पहिला पनि उक्त क्षेत्र चितुवा प्रभावित क्षेत्र भएकाले चितुवा देखिएपछि त्रास फैलिएको स्थानीय जय चन्दले जानकारी दिए । 

वडा नं ४ को आम्चोरा, टाक, रसखोला, नौला, मारथला,सुन्नमुनि, जगलतडा, विनायक लगायत गाउँका आसपासमा चितुवा देखा पर्ने गरेको चन्दले बताए । मानवबस्ती नजिकै चितुवा देखिएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । 

Atrya hospital

यसअघि मेलौलीको वडा नं २,३,५,७, ८ र ९ का केही स्थानमा चितुवा देखा परेकाले सतर्कता अपनाउन आग्रह गरिएको थियो । डिभिजन वन कार्यालय अन्तर्गतको मेलौली कुलाउ सवडिभिजन वन कार्यालयले तल्लोसोराड क्षेत्रमा चितुवा सक्रिय रहेको जनाएको छ । 

विभिन्न ठाउँमा चितुवा देखा परेकाले स्थानीय बासिन्दाहरुलाई चितुवाको आक्रमणबाट बच्नका लागि आवश्यक सर्तकता अपनाउन आग्रह गरिएको छ । यी क्षेत्रहरु पहिलादेखि नै चितुवा प्रभावित क्षेत्र भएकाले रातिको समयमा बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ । 

जिल्लाको तल्लोसोराड क्षेत्रमा यो भन्दा पहिला पनि चितुवाले आतंक मच्चाएका कारण स्थानीयहरुमा त्रास पैदा भएको हो । २०६८ साल यता चितुवाको आक्रमणबाट मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका विभिन्न स्थानमा २५ जनाले ज्यान गुमाइसकेका छन् । ती क्षेत्रहरुमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । 

यही अवधीमा १२ चितुवा समेत मरेका छन् । ७ चितुवा पासोमा परेर मरेका छन् भने ३ ओटा प्राकृतिक कारणले मरेका छन् । २ ओटा चितुवा चोटपटक लागेर मरेका डिभिजन वन कार्यालयका सूचना अधिकारी मदनप्रसाद जोशीले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update