Sagun Khabar
लोकतान्त्रिक खेलकुद संघ सुदूरपश्चिमको अध्यक्षमा बिष्ट 
Atrya hospital

बैतडी–नेपाल लोकतान्त्रिक खेलकुद संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा सुरेन्द्रसिंह बिष्ट चयन भएका छन् । 

लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले संघको विधान अनुसार विष्टलाई सुदूरपश्चिम प्रदेशको अध्यक्ष मनोनयन गरेको पत्र दिएका छन् । 

कराँतेका पूर्व खेलाडीका समेत रहेका बिष्टले नेपाल लोकतान्त्रिक खेलकुद संघका गतिविधिलाई अघि बढाउने बताए । बैतडीको पाटन नगरपालिका ३ बुङडा घर भएका बिष्टले खेलकुदका गतिविधि र संघका गतिविधिलाई तीव्रता दिने बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update