Sagun Khabar
बैतडीमा लागूऔषध चरेशसहित एकजना पक्राउ 
Atrya hospital

बैतडी–बैतडीमा लागूऔषध चरेशसहित एकजना पक्राउ परेका छन् ।

भारतीय बजार झुलाघाटबाट नेपालतर्फ फर्किरहेका सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया रामसिंह ऐरीलाई ३ ग्राम १४० मिलिग्राम चरेशसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

महाकाली भन्सार कार्यालय झुलाघाट नजिकै चेकजाँचको क्रममा ऐरीको साथमा चरेश फेलापरेपछि पक्राउ गरेर अनुसन्धान भइरहेको उनले बताए । लागूऔषध कसुरमा ऐरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update