Sagun Khabar
मलेसियामा अस्ताएका बैतडीका मानबहादुर बिष्टको शव नेपाल ल्याएर अन्तेष्टी गरियो 

बैतडी–रोजगारीका लागि मलेसिया गएका बैतडीका मानबहादुर बिष्टको उतै मृत्यु भएपछि उनको शव नेपाल ल्याएर आज अन्तेष्टी गरिएको छ । उनको सुर्नया गाउँपालिका ३ स्थित वासुलिङ्ग आर्यघाटमा अन्तेष्टी गरिएको सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बिष्टले बताए । 

सुर्नया गाउँपालिका २ ग्वानीका ४५ बर्षीय बिष्टको यही साउन २५ गते मलेसियामा मृत्यु भएको थियो । मलेसियाको अजम अर्मला सेक्युरीटी कम्पनीमा १० बर्ष पहिलादेखि काम गर्दै आएका बिष्टले पछिल्लो समय १८ महिना अघि मलेसिया पुगेका थिए । 

Atrya hospital

साउन २५ गते शुक्रबार साँझ काम सकेर कोठामा आएका मानबहादुर एक्कासी स्वास्थ्यमा समस्या आएको र सोही दिन मृत्यु भएको थियो । 

रोजगारीका लागि मलेसिया गएका बिष्ट उतै अस्ताएपछि प्रक्रिया पूरा गरेर उनको शव नेपाल ल्याएर अन्तेष्टी गरिएको सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बिष्टले बताए । मृतक बिष्टका घरमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । 

घरपरिवार चलाउन विदेश पुगेका बिष्ट उतै अस्ताएपछि परिवारमा ठूलो संकट आएको वडा अध्यक्ष बिष्टले बताए । घरको साहरा ढलेपछि उनकी श्रीमती र छोराछोरीको विचल्ली भएको छ । 

चाडपर्वको मुखमा बिष्टको मृत्यु भएपछि अहिले सिंगो ग्वानी गाउँ शोकमा डुबेको वडा अध्यक्ष बिष्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update