Sagun Khabar
बैतडीको सिगासका तीनओटा स्वास्थ्यचौकीबाट अनलाइन चिकित्सकीय सेवा 

बैतडी–बैतडीको सिगास गाउँपालिकामा रहेका तीनओटा स्वास्थ्यचौकीबाट अनलाइन चिकित्सकीय सेवा शुरु भएको छ । 

गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी, शिवलिङ्ग स्वास्थ्यचौकी र थालाकाँडा स्वास्थ्यचौकीबाट अनलाइन चिकित्सकीय सेवा शुरु भएको गाँजरी स्वास्थ्यचौकीका प्रमुख जनक धामीले बताए । 

Atrya hospital

सिगास गाउँपालिका र स्मार्ट हेल्थ ग्लोबलबीच भएको सम्झौता अनुसार स्वास्थ्यचौकीहरुबाट अनलाइन चिकित्कसीय सेवा शुरु भएको धामीले बताए । 

यस अन्तर्गत चिकित्कसीय परामर्श, आवश्यक पे्रस्क्रिप्सन लगायतका सेवाहरु सञ्चालन हुने शिवलिङ्ग स्वास्थ्यचौकीका प्रमुख भीमसिंह ऐरले जानकारी दिए । 

दुर्गम क्षेत्रका नागरिकलाई चिकित्सकीय सेवा प्राप्तिमा असहज भइरहेका बेला अनलाइनमार्फत प्राप्त हुने सेवाले नागरिकलाई सहज हुने ऐरले बताए । 

बिरामीहरुलाई अनलाइनमार्फत प्रत्यक्ष कुराकानीसहित उपचार सेवा प्रदान गर्ने गरिएको गाँजरी स्वास्थ्यचौकीका प्रमुख धामीले बताए । 

गाँजरी स्वास्थ्यचौकीमार्फत ६ सय जनाले अनलाइन चिकित्सकीय सेवा लिइसकेको उनले बताए । उनले भने ‘दुर्गम क्षेत्रका नागरिकका लागि यो राम्रो अभ्यास हो । यसलाई निरन्तरता दिनु आवश्यक छ ।’
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update