Sagun Khabar
बैतडीमा संगठन विस्तार गर्दै अखिल क्रान्तिकारी 

बैतडी–नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बैतडीमा संगठन विस्तारमा तीव्रता दिएको छ । जिल्ला सम्मेलन गर्ने उद्देश्यले क्याम्पसहरुमा इकाइ कमिटि गठन गर्ने कार्य भइरहेको अनेरास्व्वियु (क्रान्तिकारी)का जिल्ला संयोजक गणेश बमले बताए । 

जिल्लाको पुर्चौंडी बहुमखी क्याम्पसमा भावना अवस्थीको अध्यक्षतामा इकाइ कमिटि गठन गरिएको छ भने पाटन बहुमुखी क्याम्पसमा प्रकाश भट्टको अध्यक्षतमा कमिटि गठन गरिएको छ । 

Atrya hospital

यस्तै मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा मीना भट्ट, ग्राम प्रकाश बहुमुखी क्याम्पस शिवनाथ शर्मालीमा हजारी खत्री र नव प्रभात संयुक्त क्याम्पस कुलाउमा गौरव लुहारको अध्यक्षतामा कमिटि गठन गरिएको संयोजक बमले बताए । 

भदौ दोश्रो साता जिल्ला सम्मेलन गर्ने तयारीस्वरुप जिल्लाका अन्य क्याम्पसहरुमा समेत इकाइ कमिटि गठन गरिने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update