Sagun Khabar
भीरबाट लडेर बैतडीको सिगासकी भावनाको मृत्यु 

बैतडी–बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी अन्दाजी ३८ बर्षीया भावना धामीको भीरबाट लडेर मृत्यु भएको हो । 

Atrya hospital

बाख्रा चराउन गएकी भावनाको मंगलबार दिउँसो साढे ३ बजेतिर घर नजिकैको त्वापौड भन्ने भीरबाट लडेर मृत्यु भएको मृतकका आफन्त दिपेन्द्र धामीले जानकारी दिए । भीरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

मृतक धामीका तीन छोरा रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update