Sagun Khabar
विद्युतीय संरचनामा नछुन विद्युत प्राधिकरण बैतडीको आग्रह 
Atrya hospital

बैतडी–विद्युतीय संरचनाहरुमा नछुन नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले आग्रह गरेको छ । बर्षातको समयमा विद्युतीय संरचनाहरुमा समेत विद्युत प्रवाह हुन सक्ने भएकाले नछुन आग्रह गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

बर्षातको पोल ढल्ने, रुख ढलेर तारमा छुने, पोलमा भएका इन्सुलेटर पन्चर भई पोल तथा पोल नजिकको जमीनमा विद्युत प्रवाह हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको पौडेलले बताए । 

यस्तै विद्युतीय संरचनाहरुमा कुनै ठाउँमा क्षति भएको देखेमा विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रमा खबर गरिदिन समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update