Sagun Khabar
सर्पको टोकाइबाट डडेल्धुरा र कैलालीमा दुई जनाको मृत्यु 

डडेल्धुरा – डडेल्धुरामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका–३ तल्लो शीर्षका ६० वर्षीय कमलसिँह साउँदको मृत्यु भएको हो । 

Atrya hospital

राति सुतेका बेला कमलसिंहलाई सर्पले टोकेको थियो । उनलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

यस्तै सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो । सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update